देउवा र ओलीबीच एमसीसी पारित गराउन भद्र सहमति

१८ माघ २०७८, मंगलवार १२:१०

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधिसभाको अवरोधको विषयमा आफूहरुले अघि सारेकोमा माग सम्बाधन नभएसम्म अन्य एजेण्डामा सहभागी नहुने बताएका छन् । पार्टीले कारवाही गरेका सांसद संसदमा उपस्थित भएको भन्दै पछिल्लो समय एमालेले संसद् अवरुद्ध गर्दै आएको छ ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसी पारित गराउन भद्र सहमति भएको भन्ने भिविन्न सञ्चारका माध्यमा समाचार आएको छ ।

यही विषयमा महासचिव पोखरेलले पार्टीको तर्फबाट यस्तो धारणा सार्वजनिक गरेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री देउवा र पार्टी अध्यक्ष ओलीबीच गत आईतबार टेलिफोन वार्ता भएको पनि जानकारी गराए । उक्त फोनवार्तामा गम्भीर कुरा भएको उनको भनाई थियो ।