काठमाडौं । पूर्वमन्त्री एवं रोल्पाका राजनीतिज्ञ रेगबहादुर सुवेदीको निधन भएको छ। सुनिल स्मृति गाउँपालिका–६ गजुलमा ८२ वर्षीय सुवेदीको आज बिहान निधन भएको हो ।
रोल्पाबाट पटक पटक राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका सुवेदी सहायक मन्त्रीसम्म भएका थिए। लामो समय जिल्ला पञ्चायत सभापति भएका सुवेदीले २०३४ सालमा राष्ट्रिय पञ्चायतको चुनाव जितेका थिए।
पञ्चायतकालमा रोल्पाबाट पटक पटक राष्ट्रिय पञ्चायत सदस्य बनेका सुवेदी २०३९ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला भूमिसुधार सहायक मन्त्री बनेका थिए ।
२०२० सालदेखि राप्रपाबाट राजनीति सुरु गरेका सुवेदी अहिले भने नेपाली कांग्रेसमा आबद्ध थिए ।
