
नेपाल आयल निगमको कार्यकारी निर्देशकको लागि १७ जनाले आवेदन दिएका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस २५ गते आवेदन माग गरेकामा पूर्वकार्यकारी निर्देशक चण्डिका भट्टसहित १७ जनाले इच्छा देखाएका देखाएका हुन्। मन्त्रालयले आज आवेदन दिनहरुको नाम सार्वजनिक गरेको छ।
जसमा भट्टसहित हरिवंश आचार्य, जीवन प्रकाश सिटौला, विष्णु बाबु मिश्र, हरिभक्त शाही, प्राडा लक्ष्मण पौडेल, लोक बहादुर खड्का, लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव याद, उमेशप्रसाद थानी, पंकज कुमार दास, आनन्दप्रसाद चन्द, भुपेन्द्र प्रसाद अर्याल र सञ्जय कुमारले आवेदन दिएका हुन्।
सुरेन्द्रकुमार पौडेलको कार्यकाल पुस २३ गते सकिएसँगै निगम प्रमुख पद रिक्त छ।
