नेकपा एमालेका नेता भीम रावलले गरे सबैलाई चित्त बुझ्ने प्रश्न

१७ माघ २०७८, सोमबार १४:५४

 

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसिसी सम्झौता मात्रै किन संसद्बार पारित गर्ने प्रयास गरिँदै छ भनेर प्रश्न उठाएका छन् । आज काठमाडौं आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेपालले अन्य देशसँगका सम्झौता संसदबाट पारित नगरेको तर एमसिसी मात्रै किन त्यसो गर्नुपर्यो भन्दै प्रश्न उठाएका हुन् ।

आजसम्म भएका कुनै पनि देशसँगका सम्झौता संसदमा पेस भएका वा पारित भएका छैनन्, । उनले प्रश्न गरे, एमसिसीसँगको सम्झौतामात्र त्यस्तो गर्नुपर्ने किन ?

उनले यो सम्झौता संविधानको धारा २७९ अन्तर्गत अनुमोदित गर्दा दुई तिहाइ बहुमत चाहिने उल्लेख गर्दै यसो गर्दा आगामी दिनमा अन्य देशले पनि सोही प्रस्ताव राख्न सक्ने बताए । उनले अरू देशले पनि आगामी दिनमा ऋण र सहयोग दिँदा नेपालको संसदबाट पारित गराउन खोजे के हुन्छ यसको उत्तर नेपाली जनालाई दिनुपर्ने बताए ।

नेपालले अन्य देशसँग पनि पुराना विकासका ठूलो रकम र ऋण लिने गरेको छ । अरू देशले पनि अब उप्रान्त ऋण र रकम दिँदा नेपालको संसदबाट पारित गराउन खोजे के हुन्छ ? यसको उत्तर नेपाली जनालाई दिनुपर्छ कि पर्दैनु उनले भने ।