एमालेबाट निर्वाचित पुर्व संविधान सभा सदस्य दुमन सिंह थापाको निधन

१७ माघ २०७८, सोमबार ०७:४९

 एमालेबाट निर्वाचित पुर्व संविधान सभा सदस्य दुमन सिंह थापाको निधन भएको छ ।

एमालेबाट निर्वाचित पुर्व संविधान सभा सदस्य दुमन सिंह थापाको आज आईतवार ६२ बर्षको उमेरमा काठमाडौंको हेम्स हस्पिटलमा सघन  उपचारको क्रममा निधन भएको हो ।

थापालाई कोरोना संक्रमण भएको बताइएको छ । थापाको करिब दुई बर्ष अगाडि मृगौला प्रत्यारोपण  भएको थियो ।  साथै ३ दिन अगाडि साइड इफेक्ट भई थापालाई  काठमाडौंको हेम्स हस्पिटलमा सघन  उपचार गरिरहेको थियो ।

नरपानीमा जन्मेका थापाले ०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संबिधान सभामा तत्कालीन एमालेबाट चुनाव जितेका थिए ।  पछिल्लो समय  नेकपा (एकीकृत समाजवादी)मा थिए ।

दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची जिल्ला क्षेत्र नं. २ बाट नेकपा एमालेबाट विजयी भएका थापाले १६६५० मत प्राप्त गरेका थिए । प्रतिद्वन्दी नेपाली काँग्रेसले १४०३६ मत ल्याएको, एकीकृत नेकपा माओवादी ६८८० मतका साथ तेश्रो स्थानमा रहेको थियो ।