
काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पर्ने दाउन्नेदेवी सामुदायिक वनक्षेत्रभित्र शनिवार अपराह्ण मृत अवस्थामा फेला परेको छ । उक्त मृत अवस्थामा फेला परेको एउटा वयस्क पाटेबाघ कसले र किन मार्यो भन्ने विषयमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।
महेन्द्र राजमार्गदेखि झन्डै पाँच किलोमिटरभित्र घना जङ्गलमा भेटिएको सो बाघको शरीरमा दुईवटा गोली लागेको डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका वन अधिकृत शङ्करप्रसाद गुप्ताले बताएका छन्।
BBC NEWS नेपाली बाट
