कोभिड रोकथामको सतर्कता अपनाएर मालेको जनसंगठन समन्वय सयन्त्रको बैठक बस्ने

१५ माघ २०७८, शनिबार १०:१९

काठमाडौं । नेकपा एमालेको जनसंगठन समन्वय सयन्त्रको बैठक आज (शनिबार) दिउँसो ३ बजे बस्ने भएको छ।
उक्त संयन्त्रको बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुने प्रचार विभागका सदस्य विष्णु रिजालले जानकारी दिए ।

रिजालका अनुसार आज दिउँसो ३ बजे भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा कोभिड रोकथामको सतर्कता अपनाएर बैठक हुने जानकारी गराए।

एमालेले १० औं महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण गरेको थियो। यसअघि समन्वय समिति बैठकले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णय अनुसार फागुन मसान्तभित्र सबै जनसंगठनका राष्ट्रिय अधिवेशन तथा सम्मेलन आयोजना गर्नका लागि आ–आफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय गरेको थियो।

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले फागुन मसान्तभित्र सबै जनसंगठनलाई अधिवेशन गर्न निर्देशन दिएको थियो।