बीमा समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपिरित कार्य नगरेको भन्दै नपाल लाइफ इन्स्योरेन्सलाई दश हजार रुपैयाँ जरीवाना गर्ने भएको छ ।
समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति दिएको भन्दै नेपाल लाइफलाई दश हजार जरीवाना गर्ने निर्णय गरेको समितिले जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्ने उजूरी समितिमा परेको थियो । उक्त उजुरीका सम्बन्धमा नेपाल लाइफबाट आवश्यक प्रतिवेदन/विवरण झिकाई अध्ययन गर्दा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको देखिएको समितको भनाई छ ।
यसैगरी, बीमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा (९) मा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन’ भन्ने व्यवस्था विपरित नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न १४ वटा समिति/उपसमितिहरुमध्ये संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति/उपसमितिहरुमा संयोजक रही समितिबाट जारी निर्देशनको जानीजानी उल्लङ्घन गरेकोले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम नेपाल लाइफ इन्स्योरेन्सलाई १० हजार रुापैयाँ जरीवाना गर्ने निर्णय गरेको गरिएको छ ।
