माघ २ गते अनिश्चितकालका लागि स्थगित भएको बैठक माघ १७ गते बस्ने

१३ माघ २०७८, बिहीबार १४:५३

काठमाडौं । । राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ । यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिएका छन् ।
लामो समयदेखि पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक पनि माघ १६ गतेका लागि बोलाइएको छ ।