क्रिप्टोकरेन्सी डिभाइस धमाधम एयरपोर्टबाट भित्र्याइदै, प्रहरीले निगरानी बढायो

१३ माघ २०७८, बिहीबार ०८:३२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गतको भन्सार कार्यालयले ३० थान क्रिप्टोकरेन्सी डिभाइस बरामद गरेको छ ।

हङकङबाट नेपाल भित्रिँदै गरेको अवस्था उक्त डिभास बरामद भएको हो ।
नेपाल सरकारले अवैधानिक ठहर गरेका क्रिप्टो कारोबारका लागि प्रयोग गरिने ३० थान क्रिप्टो डिभाइस हङकङमा खरिद गरी नेपाल भित्राउन लागको अवस्थामा डेढ महिनाअघि भन्सार कार्यालयले बरामद गरेको थियो । सुरुमा क्रिप्टो डिभासभन्दा पनि शंका लागेर बरामद भएका ती डिभासलाई सीआईबीले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा क्रिप्टो कारोबारका लागि ल्याइएको पुष्टि भएको हो ।

झट्ट हेर्दा पेन ड्राइभजस्ता देखिने ती डिभासको बाहिर ‘डिजिटल वालेट’ लेखिएको थियो । पछि खोलेर हेर्दा क्रिप्टो कारोबारका लागि प्रयोग हुने डिभास भएको बुझिएको भन्सार कार्यालयले जनाएको छ ।