एन आई सि एशिया बैंकलाई लाभांश बाँड्न रोकेको छ ।
राष्ट्र बैंकले पुँजी प्रयाप्त नदेखिएको कारण लाभांश बाँडन रोकेको हो ।
बैंकले गत आवको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये सेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश दिन नपाउने पहिलो र एक मात्रै बैंक एनआईसी एशिया बैंक बनेको छ । चालू आवमा एनआईसी एशिया बैंक जसरी आक्रमक रणनीतिका साथ अघि बढेको छ सोही अनुसार चुक्ता पुँजी भने बढाएको छैन ।
एनआईसी एशिया बैंकको जगेडा कोषमा ८ अर्ब ७६ करोड ७९ लाख ९१ हजार रुपैयाँ छ । निक्षेप संकलनमा बैंकले २ खर्ब ९४ अर्ब ९४ करोड ८ लाख ७२ हजार रुपैयाँ गरेको छ ।
