
काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकाकी उपमेयर रेणुका काफ्ले नेकपा एकीकृत समाजवादी त्यागेर एमालेमै फर्किएकी छन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट उपमेयर बनेकी काफ्लेले पार्टी विभाजनसँगै कानूनले दिएको समयभित्र नेकपा एसमा सनाखत गरेकी थिइन् ।
जिल्लाकी लोकप्रिय महिला नेता काफ्ले नेकपा एस परित्याग गरी एमालेमै फर्किएको स्थायी कमिटी सदस्य प्रभु साहले बताएका छन् । महासचिव शंकर पोखरेलले उनलाई एमालेमा स्वागत गरेका थिए ।
