अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पत्नी सीता दाहाललाई कोरोना संक्रमण

९ माघ २०७८, आईतवार १२:२४

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ ।

लामो समयदेखि अस्वस्थ रहेकी दाहाललाई कोरोना संक्रमण भएपछि मेडीसीटी अस्पताल नख्खुमा भर्ना गरिएको खुमलटार स्रोतले जानकारी दियो ।

दाहाललाई आईसीयूमा भर्ना गरेर उपचार भइरहेको स्रोतले जनाएको छ ।
यसअघि अध्यक्ष प्रचण्डलाई पनि कोरोना संक्रमण भएको थियो । उनी संक्रमणमुक्त भइसकेका छन् ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीलाई पनि कोरोना सक्रमण भएको पुष्टी भएको छ ।