
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमित भएका छन् ।
शनिबार गरेको पिसिआर परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो ।
सचिवालयका अनुसार केही दिनदेखि उनी अस्वस्थ महसुस गरिरहेका थिए । उनी आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् ।
उनमा कोरोना संक्रमण भएसँगै सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ ।
