
काठमाडौं । देशभरका अदालत आइतबार बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आइतबार देशभरका अदालत बन्द हुने भएका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले पूर्वप्रधानन्यायाधीश शर्माको निधनको शोकमा आइतबार देशभरका अदालत बन्द हुने जानकारी दिए ।
शनिबार बसेको सर्वोच्चको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गर्दै एकदिन आइतबार देशभरका अदालतमा बिदा दिन निर्णय गरेको हो ।
पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । उनको शनिबार अन्त्येष्टि गरिएको छ ।
