बैंकहरूले आधार दर बढाए, ऋणीलाई कस्तो असर पर्ला ?

८ माघ २०७८, शनिबार १०:०६

बैंकहरूकाे आधार दर बढेकाे छ । माघदेखि लागु हुने गरी २७ वटै वााणिज्य बैंकहरुले आधार दर बढाएका छन् । आधारदरमा भएको वृद्धिसँगै कर्जाको ब्याजदर २ प्रतिशत विन्दुसम्म बढेको छ । बैंकहरुको निक्षेप लागत बढेकाले आधारदर बढन गएको हो ।

गएको असोजमा बैंकहरुले निक्षेपको ब्याजदर बढाएका थिए ।

एनआईसी एसिया बैंकको पुस मसान्तसम्ममा आधारदर सबैभन्दा धेरै ९.५४ प्रतिशत कायम भएको छ ।

गत आवको सोही अवधिमा भन्दा करिब ३९ प्रतिशतले एनआईसीको आधारदर बढेको छ ।

राष्ट्रिय बाणिज्य बैंक र स्टाण्डर्ड चार्टर्ड बैंक र नेपाल बैंकको आधारदर सबैभन्दा कम छ । राष्ट्रिय बाणिज्य बैंकको ६.६० र स्टाण्डर्ड चार्टर्ड बैंक ६.८३ र नेपाल बैंकको ७.०८ रहेको छ

स्थिर ब्याजदरमार्फत कर्जा लिएका ऋणीलाई बढेको आधारदरले असर गर्नेछैन । तर, परिवर्तनशिल ब्याजदरमा कर्जा लिएका ऋणीको भने ब्याजदर बढेको छ ।

निक्षेप लागत, अनिवार्य नगद मौज्दात लागत, वैधानिक तरलता लागत र सञ्चालन लागतका आधारमा बैंकको आधारदर निर्धारण गरिन्छ ।