कोरोना संक्रमणको कारण माओवादी केन्द्रीय समितिको बैठक स्थगित

७ माघ २०७८, शुक्रबार १३:३५

काठमाडौं । नेकपा माओवादी केन्द्रको शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । कोरोना भाइरस महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारले जारी निर्देशन र स्वास्थ्यकर्मीहरूको सुझावलाई ध्यानमा राखेर ८ माघ शनिबार डाकिएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ ।