
काठमाडौं । पाँचथरको फिदिम बजारबाट एक महिलालाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङको आठराई गाँउपालिका घर भइ फिदिममा डेरा गरी बस्ने ३२ वर्षीया देवी लकान्द्रिलाई प्रहरीले पक्राउ गरेको हो ।
लकान्द्रिको साथमा ८ ग्राम ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ । उनले लगाएको सुरुवालको गोजीमा ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर बिश्वकर्माले जानकारी दिए ।
ती महिलाले लागूपदार्थको कारोबारी गरेको हुनसक्ने गोप्य सूचनाको आधारमा कोठामा प्रहरीले खोजतलास गरेको थियो । महिलाको कोठाबाट प्रहरीले एक थान डिजिटल तराजु समेत बरामत गरेको छ । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
