कोरोेनाको कारण लोकसेवा आयोगको परीक्षा पनि स्थगित

६ माघ २०७८, बिहीबार १७:११

काठमाडौं । आयोगले माघ मसान्तसम्मका सबै परीक्षा स्थगित गर्ने निर्णय बिहीबार लिएको हो।

आगामी माघ १० सम्मका लागि निर्धारण भएका परीक्षा सञ्चालन भएर ११ गतेदेखिका परीक्षा भने स्थगित गरिएको लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए।

आयोगले माघ ११ गतेदेखि उपसचिव तहको परीक्षा निर्धारण गरेको थियो। अरु विभिन्न निकायका परीक्षा पनि माघ महिनाभर सञ्चालन हुने गरी निर्धारण भएको थियो।

यस्तै त्रिभुवन विश्वविद्यालयले पनि वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा माघ ९ गतेदेखि स्थगित गरेको छ। त्यस काठमाडौँ विश्वविद्यालयले पनि परीक्षा रोक्ने निर्णय गरेको छ।