
काठमाडौं । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ। सर्वोच्च अदालत स्रोतका अनुसार आज बुधबार १:४५ मा शर्माको निधन भएको हो। शर्मा २०५४ देखि २०५६ सम्म प्रधानन्यायाधीश भएका थिए।
शर्माका छोरा विदेश रहेकाले नेपाल फर्किएपछि मात्रै दाहसंस्कार गरिने बताइएको छ।
