
काठमाडौं । प्रदेश नम्बर २ को नाम मधेस तथा राजधानी जनकपुरधाम कायम भएकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार प्रदेश सभाका सदस्यसहित सम्पूर्ण मधेसवासीलाई बधाई दिएका छन्।
प्रदेश सभाको बैठकले गत सोमबार मतदान गरी दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम रहने प्रस्ताव पारित गरेको हो।
प्रचण्डले भने आज बुधबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीले उठाइरहेको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नम्बर २ को नाम र सदरमुकाम काम भएको भन्दै मधेसका बासिन्दालाई शुभकामना दिएका हुन्।
‘हाम्रो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं। २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकामरराजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा माननीय प्रदेशसभाका सम्पूर्ण सदस्यहरू र मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु,’ प्रचण्डले भनेका छन्।
