ललितपुरको चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

४ माघ २०७८, मंगलवार १५:३६

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ललितपुरमा शाखा विस्तार गरेको छ।

बैंकले ललितपुरको गोदावरी नगरपालिका वडा नं. १०, टाखेलस्थित शाखा कार्यालय चापागाउँ विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको हो।

यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।