नाडा अटोमोबाइल्स एसोसिएसनले व्यवसायिक संस्था बतास अर्गनाइजेसनमाथि अमर्यादित व्यवहार भएको बताएको छ । सरकारले आह्वान गरेको टेन्डरहरूमा बतास समूहले सरकारले नै निर्धारण गरेको कानुनी प्रक्रिया अनुसार सहभागी भई सरकारले तोकेको भाडा बुझाउने शर्तमा क्याफटेरिया सञ्चालन सम्बन्धी अनुमति पनि सरकारबाट नै प्राप्त गरेको थियो । स्वयं सरकारबाट अनुमति पाएको सन्दर्भमा निजीक्षेत्रले व्यवसाय गर्नु एउटा स्वाभाविक प्रक्रिया हो । सरकारबाट अनुमति पाएर पनि बतास समूहले आफनो जिम्मेवारीलाई अघि नबढाउनु गैर कानुनी हुनुपर्नेमा उल्टो अघि बढाउदा बतास समूहलाई अपराधिक समूहको रूपमा परिभाषित गर्ने प्रयास गरिएको छ । जुन कार्य अन्यायपूर्ण छ’ अध्यक्ष ध्रुव थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रक्रिया र कानुन विपरीत भएका गतिविधिमाथि सरकारले अंकुश लगाउने र कारबाही गर्ने कुरालाई यस नाडाले अन्यथा नलिने तर आरोप प्रमाणित नभएसम्म कसैलाई दण्डित गर्न नहुने बताएको छ ।
समाचारकै आधारमा स्पष्टीकरणको समेत अवसर नै नदिई कारबाहीको प्रक्रिया थालिनुलाई कुनै पनि अर्थमा उचित मान्न नसकिने नाडाको भनाइ छ ।
‘नाडाले आफ्नो स्थापनाकालदेखि नै कानुनी र विधिसम्मत व्यवसायको पक्षमा सदैव आवाज उठाउँदै आएको सन्दर्भमा कानुनसम्मत व्यवसाय गर्दै आएको व्यवसायीमाथि कतैबाट पनि आरोप नलगाउन सम्बन्धित सवैको ध्यानाकर्षण गराउन चाहान्छौँ,’ भनिएको छ ।
