नेपाल आयल निगम टाट पल्टिने देखिएको छ ।
निगमका अनुसार अहिले उसलाई खाना पकाउन प्रयोग हुने एलपी ग्यासमा प्रति सिलिन्डर ६४६.१६ रुपैयाँ घाटा भइरहेको छ । जसअनुसार १५ दिनमा करिब ११४.८६ करोड घाटा हुने निगमले जनाएको छ ।
पेट्रोलमा प्रति लिटर १३.१८ रुपैयाँ, डिजेलमा प्रति लिटर ८.८१ रुपैयाँ घाटा खाएर बेचिरहेको छ । जसअनुसार पेट्रोलबाट निगमलाई १५ दिनमा करिब ४२.७९ करोड र डिजेलबाट ७९.९९ करोड घाटा हुने निगमको भनाइ छ । मट्टीतेलबाट भने प्रति लिटर २०.५० रुपैयाँ नाफा भइरहेको देखिन्छ । यसैगरी हवाई इन्धनबाट पनि प्रति लिटर १४.७३ औसत नाफा नाफा भइरहेको छ ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनलाई यही २३ जनवरीमा गर्नुपर्ने भुक्तानीका लागि करिब २ अर्ब रुपैयाँ नपुग्ने देखिन्छ । निगमले इन्डियन कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ मूल्यअनुसार निगमले मूल्य समायोजन नगरेमा आगामी १५ दिनमा निगमले थप दुई अर्ब २४ करोड घाटा हुने माघ १७ गतेसम्म २१ अर्ब ५० करोड घाटा बेहोर्नुपर्नेछ । जसअनुसार मूल्य समायाेजन नभए अबको ३ महिनामै १२ अर्ब ऋण लिनुपर्ने निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिएका छन् ।
