पछिल्लो २४ घन्टामा थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि

२ माघ २०७८, आईतवार १७:३७

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५६२ जनाको कोरोना परीक्षण गरिएको थियो ।

यही अवधिमा थप ३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२० पुगेको छ ।
थप ४३५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २५ हजार ६८० सक्रिय संक्रमित रहेका छन् ।