नेपाल बंगलादेश बैंकको सेयर कारोबार रोक्का

२ माघ २०७८, आईतवार ०७:२९


नेपाल बंगलादेश बैंकको सेयर कारोबार रोक्का भएको छ ।

बिहीबार नबिल बैंकले प्राप्ति गर्ने सम्झौता गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंकको दोस्रो बजारमा हुने कारोबार रोक्का गरिएको हो ।

अब मर्जर तथा प्राप्ती प्रकृया नटुङ्गिएसम्म एनबी बैंकको सेयर कारोबार नेप्सेमा रोक्का रहनेछ ।