विष्णु पौडेललाई कोरोना संक्रमण स्वास्थ्य अवस्था सामान्य

१ माघ २०७८, शनिबार १४:१६

काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको छ। शनिबार परीक्षण गर्दा आफूलाई कोभिड –१९ संक्रमण पुष्टी भएको पौडेलले जानकारी दिएका छन्।

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनको यात्रा आरम्भ भएको पौडेलले फेसबुकमार्फत् जनाएका छन्। उनी आफ्नो निवास भैंसेपाटीमा आइसोलेसनमा बसेका छन्।