सचिवको जिम्मेवारी वहन गरिरहेका भण्डारीले यसपालि महासचिवमा भिड्ने

३० पुष २०७८, शुक्रबार १०:२९

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनको महासचिवमा गणेश भण्डारीले उम्मेदवारी दिने भएका छन् । कर्मचारी युनियनको हाल केन्द्रीय सचिवको जिम्मेवारी वहन गरिरहेका भण्डारीले यसपालि महासचिवमा भिड्ने बताएका छन् ।

कर्मचारीको हकहित र आन्दोलनमा महत्त्वपूर्ण भुमिका खेलेका भण्डारीले ७७ जिल्ला अध्यक्ष र ४८ विभागिय अध्यक्षसँग सल्लाह गरेर उम्मेदवार घोषणा गर्न थालेको बताए । युनियनको महाधिवेशनको सन्दर्भमा विभिन्न प्रदेशका करीब पचास जिल्लाभन्दा बढी जिल्ला पुगीसकेको र अरू जिल्लाकार्य समितिहरू संग पनी भेटघाट चलीरहेको भण्डारीको भनाई छ ।

कर्मचारी युनियनको महाधिवेशन माघ ८ गते देखि १० गते सम्म काठमाडौंमा हुदैछ । सचिव भण्डारी निजामती कर्मचारी सेवामा प्रवेश गर्नु पुर्व नेपाल विद्यार्थी संघ अर्घाखाँचीको पुर्ब अध्यक्ष थिए ।