
काठमाडौं । नवलपुर, नेपाल कम्युनिस्ट पार्टी एमालेका निवर्तमान सचिव एवं संविधान सभा सदस्य जीवन श्रेष्ठले सक्रिय राजनीतिबाट संन्यास लिएको घोषणा गरेका छ्न् । मंगलबार साँझ सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेखेर श्रेष्ठले सक्रिय राजनीतिबाट संन्यास लिएको घोषणा गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छ्न् ‘पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनको बखत पार्टी एकता र सुढृद गर्दै ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ को आकाङ्क्षा पूरा गर्ने अभियानमा अबिछिन्न लागिरहेको र हाल केही असहज परिस्थितिको कारण आजका (२०७८–०९–२७) मितिदेखि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु।’
नेता श्रेष्ठको फेसबुकमा लेखिएको स्टाटसमा यस्तो भनेका छन् । सकृय राजनितिबाट सन्यास घोषणा “म जिवन श्रेष्ठ २०२९ साल देखि झापा बिद्रोहबाट प्रभावित भई अनेरास्ववियु नजिक रहि २०३० साल देखि अनेरास्ववियु छैटौंमा आबद्ध रहेको र २०३२ सालबाट अनेरास्ववियुमा सङ्गठित भइ नेकपा (केर के) नेकपा माले हुदै एमालेमा सङ्गठित भइ २०४९ साल र २०५४ सालको स्थानीय निर्वाचनमा गाबिस उपाध्यक्ष र २०७० सालको संविधान सभा निर्वाचनमा निर्वाचित भइ संविधान घोषणा सम्म भुमिका निर्वाहा गरेको र नेकपा एमाले पार्टीमा गाउँ कमिटि, इलाका, क्षेत्रीय कमिटिको सदस्य र प्रमुख भुमिका निर्वाहा गर्दै २०५४ साल देखि पार्टी जिल्ला कमिटिको सदस्य, २०६३मा उपाध्यक्ष र २०६९ सालदेखि सचिब पदको भुमिका निर्वाहा गर्दै आइरहेको र पार्टीलाइ गाह्रो, अप्ठ्यारो र बिभाजनको बखत पार्टी एकता र सुढृद गर्दै “सम्बृद्ध नेपाल सुखि नेपालि” को आकाङ्क्षा पुरा गर्ने अभियानमा अबिछिन्न लागि रहेको र हाल केहि असहज परिस्थितिको कारण आजका (२०७८–०९–२७) मिति देखि सकृय राजनितिबाट बिश्राम लिने घोषणा गर्दछु।
मेरो ४२ बर्षको राजनितिक सकृय जिवन यात्रामा मलाइ साथ सहयोग गर्नुहुने सम्पुर्ण जन, नेकपा एमाले पार्टी र राजनितिको शिक्षा दिक्षा दिनुहुने नेतागण र साथ सहयोग दिनुहुने पार्टी कार्यकर्ता र हरेक मोर्चा,आन्दोलनमा एकेबद्धता प्रकट गर्नुहुने तथा मतदान गर्नुहुने सम्पुर्ण जनसमुदायमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहान्छु। यस उप्रान्त जनताको प्रतिनिधि र सेवकको रुपमा सदैब सेवारत रहने प्रतिबद्धता समेत जाहेर गर्दछु।
जिवन श्रेष्ठ, कावासोति ३, नवलपुर, गण्डकी प्रदेश।”
