काठमाडौं । नेपाली भूभागमा सडकसहितका संरचना निर्माणलाई तिव्रता दिएको भारती प्रधानमन्त्री नरेन्द्र मोदीले एक कार्यक्रममा बताएका छन् । भारतले गरेको उक्त कार्य प्रति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्नो ध्यानाकार्षण गराएको छ । आज पार्टीका परराष्ट्र विभागका प्रमुख डा. राजन भट्टराईले एक विज्ञप्ती जारी गर्दै यस्तो उल्लेख गरेका छन् । प्रेस वक्तव्यमा लेखिएको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रुपमा रहेका र गत ः वर्ष नै राजनितिक प्रशासनिक नक्सा एवं संविधानमार्फत नेपालले यस विषयमा आफ्नो कानुनी एवं राजनितिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै छ । ती भूभागहरु फिर्ता गराउन र तिनमा नेपालको भोगचलन सुनिश्चित गर्न नेपाल सरकारले विगतमा कुटनीतिक पहल सुरु गरेको यथार्थ पनि स्पष्ट छ ।
नेपाल भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीचमा थाँती रहेको विषयलाई कुटनीतिक माध्यमबाट टुङ्ग्याउने भनी गरिएको सहमति विपरित भारतीय पक्षबाट उक्त नेपाली भूभागमा सड्क सहितका संरचना निर्माणलाई तीव्रता दिइरहेकोप्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षक भएको छ ।
नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरिएको छ । विज्ञप्तीमा भनिएको छ,‘ नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ ।’
