
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विवादमा घेरिएको बतास समूहको भ्रष्टाचार ढाकछोपका लागि आफ्नो नाम बेचेको र नक्कली ज्वाइँ बन्न खोजेको आरोप लगाएका छन् ।
यसअघि बतास समूहका प्रमुख आनन्दराज बतासले एक टिभी अन्तर्वार्तामा आफू शेरबहादुर देउवासँग नजिक भए पनि केपी ओलीले ज्वाइँ भन्ने गरेको बताएका थिए ।
‘मेरा त छोरी देशभरि छन्, छोरीसँग विवाह गर्ने जति सबै ज्वाइँ हुने भए,’ बतासले भनेका छन्, ‘अहिले बतास समूहका आनन्दलाई मिडियामा बोलाएर फोटो खिचेर केपी ओलीको ज्वाइँ भनिरहेका छन् । अनि आफ्नो भ्रष्टाचार छोप्न खोजेका छन् ।’
नारायणहिटी संग्रहालयमा एउटा रेष्टुरेन्ट सन्चालन गर्ने ठेक्का पाएका बतास समूहका अध्यक्ष आनन्दराज बतास पछिल्लो समय विवादमा तानिएका छन् ।
