शक्ति बस्नेत र उनकी पत्नीलाई कोरोना संक्रमण

२५ पुष २०७८, आईतवार १२:५०

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत र उनकी पत्नीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

आफूसहित दुई जनामा कोरोना संक्रमण देखिएको बारे नेता बस्नेतकी पत्नी सत्या पहाडीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन्।

उनले आफूहरूलाई कोरोनाले आक्रमण गरेपछि होम आइसोलेशनमा बसेको समेत बताएकी छन्। उनले फेसबुकमा लेखेकी छिन्, तेस्रो पटक कोभिडको आक्रमण भएका छौं । कोरोना संक्रमण भएको पुष्टि पछि हामी दुवैजना होम आइसोलेशनमा बसेका छौं।

कोरोना संक्रमण भएको पुष्टि भएपछि दुवै जना होम आइसोलुशनमा बसेको बस्नेकी पत्नीले फेसबुकमार्फ जानकारी गराइकी छन् ।