कुरूप अनुहारका रूपमा बतास देखा परे । बाबुराम भट्टराई

२५ पुष २०७८, आईतवार १२:२८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले यति र ओम्नीपछि आसेपासे पूजीवादको कुरूप अनुहारका रूपमा बतास देखा परेको बताएका छन्।

नारायणहिटी दरबार संग्रहालयभित्र बतासले रोयल बगैंचा रेष्टुरेन्ट बनाएपछि विवादित भइरहेको छ। उक्त संरचना केही दिन अगाडि मात्रै भत्काइएको थियो। यसअघि सरकारी जग्गा भाडामा लिने विषयमा यति र ओम्नी पनि विवादित बनेका थिए।

यसो हुनु आसेपासे पूँजीवादको रूप भएको भट्टराई बताउँछन्। हिजो यति, ओम्नी पछि आज बतासको रूपमा आसेपासे पूँजीवाद (क्रोनी क्यापिटालिज्म) को कुरूप अनुहार देखापर्नु देशमा पहिलेको रूपान्तरणकारी राजनीति अहिले सत्ता राजनीतिमा पतन हुनुको परिणाम हो,’ आज ट्वीट गर्दै उनले भनेका छन्।

यस्ता खाले समस्या समाधान गर्न राजनीतिको मुहान नै सफाइ गर्न लाग्नुपर्ने उनले बताएका छन्।
‘जबसम्म मुहान (राजनीति) संग्लिदैन तबसम्म निकास संग्लिदैन है,’ उनले भनेका छन्, ‘मुहान सफा गरौं, राजनीतिक सफाइ अभियानमा लागौं !’