‘चिटिक्कैै परेर आइछ्यौ’ नामक गीतको भिडियो सार्वजनिक

२३ पुष २०७८, शुक्रबार १७:४५

काठमाडौं । फागुन २७ गतेलाई प्रदर्शन मिति तयार पारिएको चलचित्र ‘आकाशे खेती’को ‘चिटिक्कैै परेर आइछ्यौ’ नामक गीतको भिडियो सार्वजनिक गरिएको छ ।

उक्त गीतमा हरि उप्रेतीको शब्द, राजेशपायल राई, लोक पौडेल, अञ्जु पन्त र सुम्निमा इङ्नामको स्वर रहेको छ भने विकास चौधरीले संगीत गरेका छन् । चलचित्रको यस गीतको भिडियोमा मुख्य कलाकारहरु गौरव पहारी, विल्सनविक्रम राई, बुद्धि तामाङ, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिम्बू लगायतले अति आकर्षक नृत्य गरेका छन् । यस गीतको भिडियोमा कोरियोग्राफी राजीव सिंहले रहेको छ।

उक्त चलत्रिमा उदय सुब्बाको निर्देशनमा गौरव पहारी, विल्सनविक्रम राई, बुद्धि तामाङ, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिम्बू, जयनन्द लामा, शिशिर वाङ्देल लगायतले अभिनय गरेका छन् । विनामिहिनेत पैैसा कमाउन चाहने युवाहरुको सपनाको कथामा यो चलचित्र निर्माण भएको छ ।

यस चलचित्रमा केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दिलप्रकाश याक्सो निर्माता रहेका छन् । चलचित्रमा उदयको कथा छ ।