
काठमाडौं । सोलुखुम्बुमा निर्माणाधिन सोलुखोला दुधकोसी जलविद्युत आयोजनामा दुई जना इन्जिनियरहरुको मृत्यु भएको घटनाबारे छानविन गर्न मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मंगलबार घटना उक्त घटनाको वास्तविकता पत्ता लगाउन प्रतिवेदनन पेश गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबार सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
पौष ११ गते आइतबार भएको घटनामा दुई जना इन्जिनियरहरुको मृत्यु भएको थियो । उक्त घटनामा माछापुच्छ्रे मेटल एण्ड मेकानिकल कम्पनीका ईन्जिनियर अछामका २६ बर्षिय सुवासराज रेग्मी र काभ्रेका २९ बर्षिय अर्जुन थापाको मृ’त्यु भएको थियो ।
