बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक किशोर पक्राउ

११ पुष २०७८, आईतवार १४:३३

काठमाडौं । १४ बर्षीय एक किशोरलाई जबर्जस्ती करणी प्रयासको आरोपमा प्रहरीले महोत्तरीको बर्दिबास नगपालिका ९, पशुपतिनगरबाट पक्राउ गरेको छ । सोही ठाउँकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका मौखिक उजुरीको आधारमा वडा नम्बर ७ मनहरीपुरका किशोरलाई आज पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

घाँस काट्ने क्रममा बालिकालाई करणी गर्न खोजेको परिवारिक स्रोतको आरोप छ । तर अहिलेसम्म पीडित पक्षले लिखित जाहेरी भने दिएको छैन । जाहेरी प्राप्त नभएसम्म आरोपित किशोरको पहिचान खुलाउन नमिल्ने प्रहरीको भनाइ छ ।

किशोरलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ भने जाहेरी प्राप्त भएपछि थप अनुसन्धान अगाडि बढाउने इलाका प्रहरी कार्यालय गौरीडाडाले जनाएको छ ।