अध्यक्षमा विजयी भएका जालिम मियाँ नेकपा एमाले प्रवेश गर्ने

८ पुष २०७८, बिहीबार ११:१२

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँ नेकपा एमाले प्रवेश गर्ने भएका छन्।

गाउँपालिका अध्यक्ष मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज स्वागत गर्ने कार्यक्रम छ।
अध्यक्ष मियाँसहितको टोलीलाई पार्टी प्रवेश गर्ने कार्यक्रमलाई सम्बोधन गर्न लागि अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेल आज पर्सा जाँदै छन्।

माओवादी केन्द्रबाट सांसद उम्मेदवार मुसलिन मियाँ अन्सारीसहित सोही गाउँपालिकाका वडा अध्यक्षहरू पनि एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको एमाले पर्सा जिल्ला कमिटीले जनाएको छ।

कार्यक्रम व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य प्रभु साह, रघुवीर महासेठलगायत प्रदेश २ का नेता पर्सा पुगिसकेका छन्।