अर्जुन दासको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ

६ पुष २०७८, मंगलवार २२:२७

 

काठमाडौं । कैलाली शनिबार जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको शव अमरावती सामुदायिक वनमा फेला परेको थियो। दासको शव रुखमा बाँधेर टाउको काटिएको अवस्थामा फेला परेको थियो।

प्रहरीले हालसम्म घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। बाँकी फरार रहेकाहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको

अर्जुन दासका हत्यारालाई कारबाहीको माग गर्दै आफन्तले प्रदर्शन गरेका छन्। मंगलबार उनीहरुले इलाका प्रहरी कार्यालय टीकापुर अगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले हत्यारालाई सार्वजनिक गर्न र शान्ति सुरक्षाको ग्यारेन्टी गर्न माग राख्दै नाराबाजी गरेका थिए। दासको हत्या भएपछि स्थानीयले ललित परियारको संयोजकत्वमा संघर्ष समिति बनाएका छन्।

https://youtu.be/2fAQO4gBTos