
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मतगणना आज पनि जारी छ ।
हिजोबाटै गणना सुरु गरिएको केन्द्रीय सदस्य तर्फ मधेशी, मुस्लिम, थारुसहित बागमती प्रदेशको मतपरिणाम सार्वजनिक भएको छैन ।
त्यसैगरि आज आदिवासी जनजाति, दलित, खसआर्य र गण्डकी प्रदेश, लुम्बिनि, कर्णाली र सुदुरपश्चिम प्रदेशको मतगणना आजबाट सुरु गर्नेछ ।
मतगणना अहिले ९ बजेबाट सुरु गर्ने तयारी गरिएको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
यसैबीच हिजोसाँझ सार्वजनिक भएको मतपरिणाम अनुसार केन्द्रीय सदस्य महिला खुल्ला तर्फ अम्बिका बस्नेत, डाक्टर आरजु राणा देउवा, ईश्वरी न्यौपाने, डाक्टर डिला सङ्ग्रौला पन्त, पुष्पा भुसाल, रङ्गमती शाही, रमा कोइराला पौडेल, शुसीला ढकाल आचार्य र सरिता प्रसाईँ विजयी भएका छन् ।
