
काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार रातिदेखि मतगणना सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रै पुनः मतगणना गरिएको हो ।
खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा.डिला संग्रौला रहेकी छिन् । १६ सय मत गन्दा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको पत्नी डा.आरजु राणा देउवा तेस्रो नम्बरमा छिन् ।
