
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ ।पार्टी कार्यालय सानेपामा गए राति साढे १० बजे स्थगित गरिएको मतगणना आज बिहान साढे ९ बजेदेखि पुनः सुरु गरिएको हो।
पुरुषतर्फ खुला केन्द्रीय सदस्यको मतगणना सकिएलगत्तै हिजै साँझदेखि खुला महिला केन्द्रीय सदस्यको मतगणना थालिएको थियो ।महिला खुलातर्फ नौ जना केन्द्रीय सदस्यका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् त्यसैगरी मधेशी महिलातर्फ ४ जना निर्वाचित हुनेछन् ।
