ब्रह्मास्त्रको कार्यक्रममा रणबीर कपुरले गरे आलिया भट्टको बेइज्जत

२ पुष २०७८, शुक्रबार ११:०९

एजेन्सी। बलिउडका पावर कपल भनिने रणबीर कपुर र आलिया भट्टको फिल्म ब्रह्मास्त्र सन् २०२२ मा रिलिज हुनेछ । यो जोडी पहिलो पटक सिल्भर स्क्रिनमा रोमान्स गरिरहेका छन् । हालै ब्रह्मास्त्रको मोशन पोस्टर लञ्चको कार्यक्रम थियो । यतिबेला रणबीर कपुरले आलियासँग ठट्टा गरेका छन् जसलाई धेरैले रणबीरले आफ्नी प्रेमिकाको बेइज्जत गरेको भन्ने आरोप लगाइरहेका छन् ।

स्टेजमा फिल्मको प्रोमोट गर्दै रणबीर कपुर र आलिया भट्टको मस्ती पनि चलिरहेको थियो । कार्यक्रमसँग सम्बन्धित एउटा भिडियो भाइरल भइरहेको छ जहाँ रणबीर कपुरले आलियालाई ‘कस्तो महसुस गरिरहेको छौ रु’ भनेर सोधिरहेका छन् । जवाफमा आलिया भट्टले भनेकी छिन्, ‘म निकै भावुक छु । यो एक्साइटिङका साथै भावुक पारिदिने पल हो ।’