महामन्त्री पदमा थापाले ३०२३ मत र शर्माले २२४६ मत ल्याएर विजयी

१ पुष २०७८, बिहीबार १५:४३

 

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदमा युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्।
गगन थापाले अत्याधिक ३०२३ मत ल्याएर विजयी हुँदा विश्वप्रकाश शर्माले २२४६ मत ल्याएका छन्।

शेरबहादुर देउवाले सभापतिमा विजय हासिल गरेपछि उनको प्यानलबाहिरका गगन र विश्वप्रकाशले महामन्त्रीमा बाजी मारेका हुन्।

गगन शेखर कोइराला पक्षमा थिए भने विश्वप्रकाश प्रकाशमान सिंह पक्षका हुन्।