
काठमाडौं । सर्लाहीमा आगोले जलेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कबिलासि नगरपालिका ७ सिरसियाका जोगी महरा चमारकी ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया छोरी सोगान्धी कुमारीको मृत्यु भएको हो।
बुधबार राति सवा ९ बजेतिर विद्युत सर्ट भइ आगलागी हुँदा चमारको फुसको कच्ची घरमा आगलागी भएको थियो।घरमा बस्दै आएकी छोरी लक्ष्मी र सोगान्धी जलेर गम्भीर घाइते भएकी थिइन् । दुबैजनाको जिल्ला अस्पताल मलंगवामा उपचारपछि थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।
समान्य घाइती भएकी चमारकै अर्की छोरी ५ वर्षीय सुधा कुमारीको स्थानीय मेडिकलमा उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ । आगो स्थानीयबासी र प्रहरीको सहयोगमा करिब २५ मिनेटपछि आगो नियन्त्रणमा लिएको थियो ।
