सभापति निर्वाचित हुन ८२ मत नपुका कारण निर्वाचन दोस्रो चरणमा

२८ मंसिर २०७८, मंगलवार ११:०१

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ। सभापतिका उम्मेदवारहरुले बहुमत नपाएपछि पुनः मतदान हुने भएको हो।

मतदानमा शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाएपनि बुहमत पुर्‍याउन सकेनन्। कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्छ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो। यसअनुसार न्यूनतम २३४० मत पाएका उम्मेद्वार निर्वाचित हुन्थ्यो। तर देउवाले २२५८ मत मात्र पाए। उनलाई सभापति निर्वाचित हुन ८२ मत नपुका कारण निर्वाचन दोस्रो चरणमा पुगेको हो।

दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ। कोइरालाले १७४९ मत ल्याएका छन्।