
काठमाडौं। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा ३८० मत खसेको छ ।
पार्टीको १४ औँ महाधिवेशने मतदानमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा, विमलेन्द्र निधी, शशांक कोइराला, प्रकाशमान सिंहसहित नेताहरुले मतदान गरेका छन् ।
मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा उपसभापतिका उम्मेदवारद्धय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा. रामशरण महत, सुनिल बहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी लगायतले मतदान गरिसकेका छन् ।
अन्य नेता भने भोट हाल्न लामबद्ध भएका छन् । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ । दिउँसो १ः३० बजेसम्म राष्ट्रिय सभा गृहमा २०० र भृकुटीमण्डपका दुई स्थानमा १८० मत खसेको निर्वाचन समितिले जानकारी गराएको छ ।
