दाङबाट सल्यान जाँदै गरेको जीप दुर्घटना हुदा ३ जनाको मृत्य

२७ मंसिर २०७८, सोमबार ११:१५

काठमाडौं । दाङबाट सल्यान जाँदै गरेको जीप दुर्घटना हुदा ३ जनाको ज्यान गएको छ ।
दाङ तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप आइतबार साँझ साढे ४ बजे राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर(३ सिरखोलामा दु’र्घटना भएको थियो ।

दुर्घटनामा ज्यान गुमाउने एक पुरुष र दुइ महिला रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता इनिस्पेक्टर जलकप्रसाद शर्माले बताएका छन् ।

मृत्यु हुनहरु सल्यान कपुरकोट गाउँपालिका ३ निवासी ४८ वर्षीय प्रेम प्रकाश शर्मा, सोही गाउँपालिका ४ निवासी ४६ वर्षीया सौनी घर्ती र ३२ वर्षीया लालमती खड्का रहेका छन् ।

दुर्घटनामा परि अन्य १९ जना घाइते भएको उनले बताए । १९ जनामध्ये १३ जना गम्भीर घाइते भएका छन् भने अरु सामान्य छन् ।
गम्भीर ६ जनालाइ कोहलपुरतर्फ रिफर गरिएको र अरुको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब २ सय मिटर तल खेतमा ’सेको छ । एक जना घाइ’तेले क्षमताभन्दा बढी यात्रु बोकेको हुँदा उकालोमा
जीपले नतानेपछि झरेर ओट हाल्ने क्रममा जीप ब्याक हुन पुग्दा भिरबाट तल खसेको जानकारी दिए।

चालकको भनाइ उदृत गर्दै डिएसपी अर्यालले आफूलाई एक्कासि उकालोमा स्टार्ट बन्द भएपछि ओट हाल्न झर्ने क्रममा गाडी ब्याक भएर खस्न पुगेको बताए।