
काठमाडौं । कुवेतमा अर्घाखाँचीका राजकुमार खड्काको निधन भएको छ । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका २७ वर्षिय राजकुमार खड्काको हृदयघातका कारण निधन भएको हो।
अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं। २, निपाने स्थायी घर भएका खड्काको ०५ डिसेम्बर २०२१ का दिन कोठामा सुतेकै अवस्थामा निधन भएको उनका साथीले जानाकारी गराए।
२७ वर्षिय राजकुमार खड्का वैदेशिक रोजगार लागि सन् २०१६ देखि कुवेतको रेफ्रीजेरेसन इन्डस्ट्रीज एण्ड स्टोरेज कम्पनीमा काम गर्दै आएका थिए । उनको घरमा श्रीमती र एक छोरा छन ।
घटनाको प्रारम्भिक जानाकारी र आवश्यक विवरण कुवेत नेपाली एकता समाजका महासचिव खुम रायामाझीले नेपाली राजदुतावास कुवेतका द्वितिय सचिव श्रीकृष्ण सिलवाललाई दिएपछी राजदुतावासले मृतकलाई नेपाल पठाउँने प्रक्रिया सुरु गरेको थियो।
मृतक खड्का आफुले काम गरिरहेको कम्पनीबाट भागी अवैधानिकरुपमा रहेको हुँदा केही कानुनी प्रक्रिया पुरा गरी उनको शव कतार एयरवेजको उडान नं. QR1087 बाट दोहा र त्यहाँबाट उडान नं.QR0616 बाट आज नेपालको समय अनुसार २ः४५ वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने गरी ल्याइदै छ ।
