
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिकबाहिर गएको बताए।
संसद – संसद जस्तो नभएको , राजनीति – राजनीतिजस्तो नभएको, र अदालत – अदालत जस्तो नभएको,’ उनले भने। नेताप्रति जनताको विश्वास हराइसकेको उनले बताए ।
गाउँमा नेताहरु आउँदा कुन चाहिँ चोर आएछ भन्ने गरेको पनि राजेन्द्र लिङ्देनले बताए। नेतृत्वको छवि सुधार्ने अवसरका रुपमा लिन पनि नेताहरुलाई उनले आग्रह गरेका छन् ।
‘२०४७ सालपछि नफुटेको कुनै राजनीतिक पार्टी भएन, कान्छो विवेकशील पार्टीसमेत फुट्यो, हामी कहाँ चुक्यौँ, यो हामीले थाहा पाउनुपर्छ,’ उनले भने।
