
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु १४ औं महाधिवेशन उदघाटन समारोहस्थल भृकुटीमण्डपमा पुगेका छन् ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मञ्चमा पुगे लगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मञ्चमा पुगेका छन् ।
नेता पौडेलले महाधिवेशनको उदघाटन समारोहमा सहभागी नहुने अड्डी लिएका थिए । सभापतिको उम्मेदवारमा दाबी गर्दै आएका पौडेलले आफ्नो नाममा सहमती नजुटेपछि महाधिवेशनस्थलमै नजाने जानकारी गराएका थिए ।
रामचन्द्र पौडेललाई फकाउन नेताहरु आज बिहान पनि पौडेल निवास पुगेका थिए ।उदघाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरु पनि सभागी भएका छन् ।
